बाइबल · पवित्र बाइबल (Nepali)

भजनसंग्रह 82

1 परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।

2 कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

3 गरीब र अनाथहरूको बचाऊ गर । कष्‍टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।

4 गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्‍टहरूका हातबाट छुट्टाओ ।

5 तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।

6 मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ ।

7 तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्‍ये एक जनाझैं ढल्‍नेछौ ।”

8 हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0