बाइबल · पवित्र बाइबल (Nepali)
भजनसंग्रह 124
1 अब इस्राएलले भनोस्, “परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
2 मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
3 तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए ।
4 पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो ।
5 तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”
6 परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन ।
7 शिकारीको पासोबाट चरा फुत्केझैं हामी भएका छौं । पासो चुँडेको छ र हामी उम्केका छौं ।
8 परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0