बाइबल · पवित्र बाइबल (Nepali)
भजनसंग्रह 117
1 ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्च पार ।
2 किनभने हामीप्रति उहाँको करारको विश्वस्तता महान् छ र परमप्रभुको सत्यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0