बाइबल · पवित्र बाइबल (Nepali)
रोमी 16
1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु ।
2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।
3 ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,
4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टमा एसियाको पहिलो फल हुन् ।
6 मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् ।
7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्ट छन्, जो मभन्दा पहिले नै ख्रीष्टमा थिए ।
8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।
9 उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।
10 ख्रीष्टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।
11 मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ ।
14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।
15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्वासीहरूलाई अभिवादन देओ ।
16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्ने म चाहन्छु ।
20 शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसित रहोस् ।
21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
22 यो पत्र लेख्ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
24 [नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ,
26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ,
27 एक मात्र बुद्धिमान् परमेश्वरलाई, येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस् । आमेन !
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0