बाइबल · पवित्र बाइबल (Nepali)

यहोशू 12

1 इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे ।

2 एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।

3 सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।

4 रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्‍थे ।

5 तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।

6 परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।

7 त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।

8 तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।

9 राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ,

10 यरूशलेमका राजा, एनइमका राजा,

11 यार्मूतका राजा, लाकीशका राजा,

12 एग्लोनका राजा, गेजेरका राजा,

13 दबीरका राजा, गेदेरका राजा,

14 होर्माका राजा, आरादका राजा,

15 लिब्‍नाका राजा, अदुल्लामका राजा,

16 मक्‍केदाका राजा, बेथेलका राजा,

17 तप्पूहका राजा, हेपेरका राजा,

18 अपेकका राजा, लश्शारोनका राजा,

19 मादोनका राजा, हासोरका राजा,

20 शिम्रोनका राजा, अक्षापका राजा,

21 तानाकका राजा, मगिद्दोका राजा,

22 कादेशका राजा, कर्मेलको योक्‍नामका राजा,

23 नापोत डोरका राजा, गिलगालको गयीमका राजा,

24 र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0