बाइबल · पवित्र बाइबल (Nepali)

१ इतिहास 11

1 त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।

2 हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”

3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

4 दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।

5 यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए ।

6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।

7 तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।

8 टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।

9 दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।

10 इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए

11 दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए ।

12 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए ।

13 तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।

14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।

15 तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।

16 त्‍यस बेला दाऊदचाहिं आफ्‍नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्‍तीहरूले बेथलेहेममा आफ्‍नो छाउनी हालेका थिए ।

17 दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्‍थ्‍यो!”

18 यसैले ती तीन जना वीर मानिसले पलिश्‍तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्‍यो पानी लिए र त्‍यो दाऊदकहाँ ल्‍याए, तर तिनले त्‍यो पिउन इन्‍कार गरे । बरु, तिनले त्‍यो परमप्रभुमा खन्‍याए ।

19 तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस् ! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्‍यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए ।

20 योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ ।

21 तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्‍येका एक जना भने थिएनन् ।

22 यहोयादाका छोरा बनायाह कब्‍सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे ।

23 तिनले पाँच हात अल्‍गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्‌न गए । तिनले त्‍यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्‍नै बालाले उसलाई मारे ।

24 यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।

25 तिस जना सामान्‍य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्‍मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए ।

26 वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,

27 हारोरी शम्‍मोत, पेलोनी हेलेस,

28 तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,

29 हूशाती सिब्‍बकै, अहोही ईलै,

30 नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,

31 बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,

32 गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

33 बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,

34 गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,

35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,

36 मकेराती हेपेर, पेलोनी अहियाह,

37 कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,

38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार,

39 अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

40 यित्री ईरा, यित्री गारेब,

41 हित्ती उरियाह, अहलैका छोरा जाबाद,

42 रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,

43 माकाका छोरा हानान, मित्‍नी योशापात,

44 अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,

45 शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),

46 महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,

47 एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0